काठमाडौं, कात्तिक १६ गते । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक गरिएको छ । आज शाहरुखको जन्मदिनको अवसर पारेर युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । 

फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको हो भने निर्माण आदित्य चोपडाको छ । फिल्ममा प्रमुख पात्रको रुपमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम हुनुहुन्छ ।
फिल्म पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउने भएको छ ।साभार : गोरखापत्र

 

12 comments