दिपक बस्नेत
तामाकोशी ।
गडीमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालुमा संचालनमा रहेको गडीमाई बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । सहकारी संचालक समितिका अध्यक्ष कुवेर प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लेखा प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन लगाएतका प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भविष्य र्निमाण बचत तथा ऋण सहकारीका अध्यक्ष मिन बहादुर खड्का लगाएतले सल्लाह सहित प्रगतिको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

12 comments