दिपक बस्नेत
कात्तिक १७, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले सिकेको कुरालाई आफ्नो संस्थामा लागु गर्न निर्देशन दिदै कार्यक्रमको समापन गर्नुभयो । प्रशिक्षण कार्यक्रममा पालिका भित्रका सुचिकृत भएका सहकारीका संचालक समितीका प्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुले प्रशिक्षणबाट धेरै कुरा बुझिएको र संस्थामा लागु गर्ने, आगामि दिनमा पनि यस्ता खालका कार्यक्रम राख्नु पर्ने, सहकारीहरुले आफ्नो गन्तव्य निश्चित गर्नु पर्ने, नीति, विधि र प्रविधि अनुसार सहकारी चल्नपर्ने, सहकारी पारदर्शि रुपमा संचालन भए समाज विकासमा टेवा पुग्ने, आर्थिक, सामाजिक परिर्वतनको लागी सहकारीले भुमिका खेल्नु पर्ने जस्ता कुरा प्रष्ट भएको बताउँनु भयो ।
प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला सशकारी संघ, दोलखाका अध्यक्ष तथा सहकारी अभियान्ता हेमन्त चौलागाई र अधिबक्त प्रोण प्रताप के.सी.ले गर्नु भएको थियो भने कार्यक्रमको संयोजन तामाकोशी गाउँपालिकाका सूचना अधिकृत पवनराज फुयाँलले गर्नुभएको थियो

12 comments