जनकपुरधाम । मधेश प्रदेसमा सभामुखका लागि नेपाली कांग्रेसका सांसद जंगीलाल रायको पनि उम्मेदवारी परेको छ ।कांग्रेसका सांसदहरू प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि सांसद रायको उम्मेदवारी दर्ता गराएका छन् । उनी सर्लाही २ (१) बाट निर्वाचित सांसद हुन् ।रायलाई नेकपा एकीकृत समाजवादीले समर्थन गरेको बुझिएको छ । यो प्रदेशमा कांग्रेसको २३ सांसद र नेकपा एसको ७ सांसद छन् ।यता, सत्ता साझेदार दलहरू र लोसपाको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल उम्मेदवारी दिएका हुन् । सभामुखका लागि मण्डल र रायबीच प्रतिस्पर्धा हुने देखिएको छ ।साभार : नेपाल प्रेस

12 comments