 
                                            
जनकपुरधाम, २७ गते पुस । जनकपुरधाममा रहेको डि.आर.टि.बी होस्टेलका विरामीहरुलाई बुधबार स्वास्थ्य तथा चिसोबाट बच्न विभिन्न सामानहरु वितरण गरिएको छ । बिराट नेपाल मेडिकल ट्रष्टले अमेरिकेयर्सको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषा अन्तरगत डि.आर.टि.बि. होस्टल जनकपुरमा रहेका ६ जना डि.आर. बिरामीलाई जाडो र संक्रमण रोकथाम गर्ने सामाग्री सहयोग गरेको हो । बि.एन.एम.टी नेपाल महोत्तरीका जिल्ला कार्याक्रम संयोजक डा.मनोज कुमार साहका अनुसार ६ जना विरामीहरुलाई ६थान ठूलो कमलखोल सहित, ६ थान मझौला कमल, ६ थानजाकेट, ६ थानउलेन टोपी, ६ जोडाचपल, ३ थान इलेक्ट्रिक जग , ६ थानझुल र २५ थान हाइजनिक किट उपलब्ध गराइएको छ । उक्त सामग्रीहरु मधेश प्रदेश स्वास्थ्य आपूर्ति निर्देशनालयका निर्देशक डा.राजिब झा, समाजिक विकास मन्त्रालयका राज नरायण साहले जिल्ला स्वास्थ्य कार्याल धनुषाका टि.बि. फोकल पर्सन रामबाबु यादव, डि.आर. होस्टलका ईन्चार्ज सोलेन्द्रकुमार साह तथा होस्टलमा भर्ना रहेका बिरामीहरुलाई उक्त सामाग्री हस्तास्तरण गर्नुभएको हो ।
निर्देशक डा.झाले बि.एन.एम.टी. नेपालले टि.बि.निदान, उपचार र न्यूनीकरणमा उचस्तरीय काम र सहयोग गर्दै आएको बताउनुभयो । टि.बि. फोकलपर्सन रामबाबु यादवले बि.एन.एम.टी. नेपाल र नेपाल क्षयरोग निवारण संस्थामोरङ्ग लाई यस जाडोमा सहयोग गरि दिएकोमा अभार व्यक्त गर्नुभयो । डि.आर. टिबी रोग लागेका विरामीबाट सर्ने यो खतरानाक रोग रहेकाले यसका विरामीलाई दुई वर्ष भन्दा बढी समय सम्म छुटै होस्टेलमा राखेर उपचार लगायत खाना र बस्ने व्यवस्था सरकारले गरिरहेको छ । मधेश प्रदेशमा एक मात्र होस्टेल जनकपुरधाममा ६ जना यस्ता रोगी राख्ने व्यवस्था रहेकाले थप डि.आर.टि.बीका रोगीहरुका लागि समस्या भईरहेको फोकल पर्सन यादवले जानकारी दिनुभयो ।

 
                                                 
                       
                     
                 
                                         
                                         
                                         
                                         
                                         
                                                     
                                                    
.jpg)
 
                                             
                                             
                                            
कमेन्ट गर्नुहोस्