विराटनगर । परीक्षा लिएको १२  वर्षपछि नेपाल खानेपानी संस्थानले नतिजा प्रकाशित गरेको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक गरेको हो । सर्वोच्च अदालतको स्टेअर्डरका कारण  रोकिएको नतिजा दुई वर्ष अघि  मात्रै फुकुवा भएको थियो । त्यसको अन्तिम नतिजा आज सार्वजनिक भएको संस्थानले जानकारी दिएको छ । पास भएकाहरुलाई ३५ दिनभित्र संस्थानको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क राख्न भनिएको छ ।

साभार : कोसी अनलाइन

12 comments