काठमाडौं ५ जेठ बुधबार।

लमजुङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा महसुस गरिएको छ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्र भएर ५ दशमल ८ रेक्टर स्केलको भूकम्प गएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । क्षतिको विवरण आउन बाँकी छ ।

12 comments