काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । लेखक कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।

साभार : नेपाल प्रेस

12 comments