जनकपुरधाम । एक कर्मचारीको निधन भएको शोकमा सिरहा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।आइतबार सिरहा नगरपालिकाका लेखापाल भिखारी सिंह थारुको निधन भएको थियो । हृदयाघातबाट उनको निधन भएको बताइएको छ ।लेखापाल सिंहको असामयिक निधन भएकोले आज एक दिनका लागि नगरपालिका र यस कार्यालयको मातहतमा रहेका वडा कार्यालय लगायतका सम्पूर्ण कार्यालयहरू पूर्ण रूपमा बन्द रहने सूचना प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जारी गरेका छन् ।

 

साभार : नेपाल प्रेस

12 comments