दिपक बस्नेत

जेठ ४, तामाकोशी

मेलुङग गाउँपालिकामा आज सम्म २३ जना कोरोना संक्रमित फेला परेका छन् ।
गाउँपालिकाको सवै भन्दा बढि वडा नम्वर १ पवटीमा १७ जना संक्रमित देखिएका छन् । यस्तै वडा नम्वर २ मा ३ जना , वडा नम्वर ३ मा एक जना, वडा नम्वर ६ मा १ जना, वडा नम्वर ७ मा १ जना संक्रमित रहेको र वडा नम्वर ४ र ५ मा सुन्य रहेको मेलुङग गाउँपालिकाका स्वास्थ्य संयोजक हरि राम चापागाँईले जानकारी दिनु भयो । पालिकाले विभिन्न ठाउँमा गरि ३५ बेडको क्वरेन्टीन सेन्टर स्थपना गरेको जनाइएको छ ।
मेलुङग गाउँपालिकाले मेलुङग स्वास्थ्य चौकिमा १० बेडको आइसोलेसन सेन्टर स्थापना गरेको स्वास्थ्य संयोजक चापागाँइले बताउनु भयो ।

12 comments