जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ तथा दर्शन गरेका छन् ।शुक्रबार पूर्वबाट मधेशको राजधानी समेत रहेको जनकपुरधाम आएर बसेका थिए । हिजो साँझ गंगा आरतीमा सहभागी भएका उनले आज जानकी मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरे ।पूर्वराजा ज्ञानेन्द्र जानकी मन्दिर पुगेपछि समर्थकहरुले ‘राजा आउ, देश बचाउ’ नारा लगाएका छन् । मन्दिरमा उनलाई महन्थ, साधुसन्त र हजारौं समर्थकले स्वागत गरेका हुन् ।जानकी मन्दिरले पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि रेट कार्पेट  विच्छाइएकाे थियाे । परिवारसहित आएका उनले हिजो राति जिरोमाइलस्थित सिताशरण होटलमा बिताए । आज बृहत्तर जनकपुर परिसरमा खुलेको सुविधासम्पन्न होटल सोल्टीमा बस्ने बुझिएको छ ।साभार : नेपाल प्रेस

 

12 comments