जनकपुरधाम पुुस ३ गते ।२२ औँ अन्तर्राष्ट्रीय आप्रवासन दिवसको अवसरमा शनिवार जनकपुरधामको जानकी मंदिर र दोहनामा दीप प्रज्जवलन गरिएको छ ।मित्र धनुषाका कार्यकारणी अध्यक्ष मञ्जु ठाकुरको प्रमुख आतिथ्यमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा दीप प्रज्जवलन गरिएको छ । आप्रवासन हकहितका क्षेत्रमा काम गरिरहेको मित्र धनुषाले बैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारहरुका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।उक्त कार्यक्रममा मित्र धनुषाका उपाध्यक्ष उर्मिला यादव, रिटर्नी स्वयंसेवी बसन्त कुमार कर्ण स्थानीय समाजसेवी मो. कैस,मो.मंसुलिदिन, दिपक कुमार ठाकुर लगायतको सहभागीता रहेको थियो ।

 

12 comments