काठमाडौं । मधेशी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको थर सूचीकरणबाट हटाउने निर्णय गरेको छ । आयोगको मंसिर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन-२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको हो ।मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए । उनका अनुसार थारु र मुस्लिम समुदायका विभिन्न संघ-संगठनले थारु र मुस्लिम समुदायको छुट्टै पहिचान र सभ्यता रहेको र मधेसी समुदायसँग नमिल्ने भएकोले उक्त सूचीमा नराख्न आयोगमा निवेदन दिएका थिए ।मधेसी आयोगले २०७८/७९ को वार्षिक प्रतिवेदनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु र मुस्लिमसहित १४९ थरलाई मधेसीको रूपमा सिफारिस गरेको थियो ।साभार : नेपाल प्रेस

 

12 comments