जनकपुर। सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेपाली काङ्ग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित हुनु भएको छ। उहाँ लगातार तेस्रो पटक सोही क्षेत्रबाट जित्नु भएको हो।निर्वाचित चौधरीले २३ हजार ४९१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका बाल किशोर यादव १७ हजार ९७७ मत प्राप्त गर्नु भएको छ । कूल ६३ हजार ९९२ मत खसेको थियो। त्यसमध्ये पाँच हजार १०१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।साभार : गोरखापत्र

12 comments