भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित हात पारेको छ । यहाँ २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको थियो । भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्रेसका विनोद बान्तवा ७५१ मतान्तरका साथ विजयी भएका छन् । बान्तवा कांग्रेसका जिल्ला सभापतिसमेत हुन् ।विनोदले १३५७९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्की ‘प्रेम’ १२८२८ मा रोकिए ।जसपाका आशकुमार राईले १३०२ मत प्राप्त गरे । यस क्षेत्रमा २९४७४ मत खसेकोमा ११४९ मत बदर भएको छ ।साभार : नेपाल प्रेस

12 comments