विराटनगर । निर्वाचनमा खटिएका कर्मचारीले मत मागेपछि मोरङको पथरी-३ जनता मावि ‘क’ मतदान केन्द्रका एक कर्मचारीलाई निष्कासन गरिएको छ ।मतदान गराउन खटिएकी कर्मचारी विनिता दाहालले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको थियो । मत हाल्न पुगेकी कमला दाहालसँग विनिताले सत्तागठबन्धनका पक्षमा भोट हाल्न आग्रह गरेको बताइएको छ ।कर्मचारीले मत माग्न नपाउने भन्दै हल्ला भएपछि विनितालाई निष्कासन गरिएको र उनको ठाउँमा रामराजा चौधरीलाई ल्याइएको मतदान अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।साभार : नेपाल प्रेस

12 comments