काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ । २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजनाको मान्यता दिइएको हो ।आईसीसीको बोर्ड बैठकको निर्णयअनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को संस्करण जिम्बाबे र नामिबियामा आयोजक हुनेछन् ।साभार : नेपाल प्रेस

12 comments