काठमाडौँ — नेपाली मुद्राको इतिहास र हालसम्मको विकासबारे नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत श्याम खतिवडाले पुस्तक प्रकाशनमा ल्याएका छन् ।

‘नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा’ नामक पुस्तकमा हालसम्मका सबै मुद्राको विषयमा जानकारी प्राप्त गर्न सकिन्छ । नेपाल राष्ट्र बैंक ६६औं वर्ष प्रवेश गरेको अवसरमा हालै आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त पुस्तक सार्वजनिक गरे ।

पुस्तकमा नेपालका मुद्राको विकासक्रम र व्यवस्थापन, हालसम्म निष्कासित काजगी मुद्राको विवरण, जाली नोटका समस्या र समाधानका उपाय, सफा नोट नीति, नोटमा रहेका मठमन्दिर, हिमाल र पशुपन्छीको विवरण, मुद्राको मौद्रिक इकाइ मापनलगायत विषयमा चर्चा गरिएको छ ।

12 comments