मुम्बई। बलिउडमा यस्ता कैयौं गायकगायिका छन्, जसले आफ्नो स्वरले बलिउडमा पहिचान बनाए।किशोर कुमारदेखि लिएर मोहम्मद रफी, आरडी बर्मन, आशा भोसले र लता मंगेशकर जस्ता गायकगायिका बलिउडमा मात्र नभई विश्वमाझ नै स्थापित भए । यो सूचीमा गायिका अनुराधा पौडवाल पनि पर्छिन्।टी-सिरिजका मालिक गुलशन कुमार अनुराधालाई दोस्रो ‘लता मंगेशकर’ बनाउन चाहन्थे। तर अनुराधाले लता र आशालाई ‘एकाधिकार’को आरोप लगाएपछि उनको करियर ओरालो लाग्यो।अनुराधाले सन् ७० को दशकमा गायन करियर सुरुवात गरेकी थिइन्। उनले सन् १९७३ मा रिलिज फिल्म ‘अभिमान’मा पहिलो गीत गाएकी थिइन्। यसपछि पाँच दशकसम्म लगातार उनले हिट गीत दिइन्। बलिउडमा टी–सिरिजले उनलाई प्रवेश गराएको थियो। फिल्म ‘हीरो’मा उनले गाएको गीत ‘तू मेरा जानु है’ उनको लोकप्रिय गीतमा पर्छ।बलिउडमा एकताका अनुराधा लता र आशाको प्रतिष्पर्धी थिइन्। उनलाई संगीतकर्मीले लताको विकल्पका रुपमा स्थापित गरिरहेका थिए। टी-सिरिजसँगको सहकार्यमा उनले कैयौं ब्लकबस्टर गीत र म्यूजिक एलबम दिइन्।गुलसन अनुराधाको गायनबाट प्रभावित थिए। त्यहीकारण उनलाई दोस्रो ‘लता मंगेशकर’को संज्ञा दिन थाले। तर उनकाविरुद्ध कैयौं अफवाह फैलन थाल्यो, जसकारण उनका करियरमा अवरोध पुग्यो।

एक पटक अनुराधाले आफूले लताले भन्दा बढी गीत गाएको दाबी गरेकी थिइन्। उनले लता र आशामाथि ‘एकाधिकार’ को आरोप पनि लगाइन्। यो आरोप उनको करियरमा संकटको माध्यम बन्यो।लता र आशालाई आरोप लगाएपछि संगीतकर्मीहरुले उनको नजर अन्दाज गर्न थाले। यसबाहेक उनले लताले गाएको केही गीतलाई डब गर्न थालेपछि थप विवादमा तानिइन्। उनल लताले गाएको गीत ‘मै तेरी दुश्मन’ डब गराएकी थिइन्।यो विवादपछि पनि उनी हार मानिनन्। उनले ‘आशिकी’, ‘दिल है कि मानता नहीं’, र ‘बेटा’ जस्ता फिल्ममा गीत गाएर लगातार तीन फिल्म फेयर अवार्ड जितिन्। यसपछि उनलाई आफूले लतालाई ‘रिप्लेस’ गर्न सक्छु भन्ने दम्भ अझ बढ्यो। त्यसपछि उनले टी–सिरिजको मात्र गीत गाउने निर्णय लिइन्। जुन निर्णय उनको करियरकै लागि खतरनाक साबित भयो।टी-सिरिजकै गीत गाउने निर्णय लिएपछि उनी फिल्मी गीत गायनबाट बञ्चित भइन्न । उनले सिरिजकै उत्पादन धार्मिक गीत र भजन गाइन्।साभार : डिसी नेपाल

12 comments