दिपक बस्नेत
चैत्र १२, तामाकोशी ।
मेरो विवाह १६ बर्षको कलिलो उमेरमा २०६५ सालमा भयो । भर्खरै फक्रन सुरु गरेको मेरो उमेर कलिलै थियो । के गलत के सहि राम्रोसँग छुट्याउँन सक्दिन थिएँ । पढ्ने, खेल्ने र घुम्ने रमाउँने उमेर भुलेर जन्मघर रामेछाप वेतालीबाट कर्मघर दोलखाको तामाकोशी गाउँपालिकामा आएँ । मेरो त्यो कलिलो उमेरमा विवाह भएको तीन महिना नवित्तै कालो बादल मडारिन थाल्यो । श्रीमान जागिरमा हुनुहुन्थ्यो । म घरमा थिएँ । घरमा अन्य परिवार सासु, ससुरा, आमाजूहरु हुनुन्थ्यो । मैले सानै भएपनि उहाँहरुको आदार सम्मानमा कुनै कसर वाँकी राखेकी थिइन जस्तो लाग्दछ । सके सम्म उहाँहरुलाई कसरी खुशि पार्न सकिन्छ भनेर लागिरहन्थे । समय वित्दै थियो, परिवारमा मैले जति कोषिस गरेपनि खुशि दिन सकिन । मलाई परिवारबाट विभिन्न आरोपहरु लगाउँन थालियो । मेरो आफ्नो भनेको मान्छे श्रीमान तर उहाँपनि परिर्वतन हुनुभयो । उहाँले समेत मलाई गालिगलोज र कुटपिट गर्न थाल्नुभयो । यहि विवादको समयमा पनि मेरो छोरा जन्मियो । छोरा जन्मे पछि पनि मलाई गरिने व्यवहारमा कुनै कमि आएन । छोरा हुर्काउँदै म न्यायको लागि विभिन्न निकाय धाउँन थाँले । म निराश पनि भएको थिएँ । कहिले काँहि मर्न मन लागेर आउँथ्यो तर मेरो छोरा थियो । मर्नपनि सकेकी थिइन ।
जब स्थानिय तहको निर्वाचन भयो । स्थानिय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएछ । म अन्याय सहन नसकेर प्रहरी चौकि धाउँदै थिएँ त्यहि बेला पालिकामा निवेदन दिन सल्लाह भयो । सल्लाह अनुसार मैले तामाकोशी गाउँपालिकाको न्यायिक समितिमा निवेदन दिएँ । निवेदन दिएको केहि समय पछि हाम्रो घर परिवारलाई वोलाउँनु भयो । त्यहाँ उपाध्यक्ष उर्मिला खड्का के.सी लगाएत हुनुहुन्थ्यो । विभिन्न तवरले छलफल भयो । अन्तमा हामि मेलमिलाप गरेर सपरिवार घर फर्किएका थियौं । मेरो समस्याको समधान हुन्छ जस्तो लागेको थिएन तर भगवानको कृपा भनौं या के भनौं म दङ्ग छु ।
म अहिले काठ्माडौमा आफ्नै श्रीमानसँग खुशिसाथ बसेकी छु । मेरो श्रीमान अहिले मलाई धेरै मायाँ गर्नुहुन्छ । परिवार राम्रोसँग चलेको छ । हामि सवै काम दुवैको सल्लाहमा गर्दछौ । छोरा बोडिङग पढ्छ । पहिलाका ति काहालि लाग्दा दिन सवै अहिले भुलेको छु । मलाई मेरो श्रीमानको धेरै मायाँ लाग्छ । उहाँ पनि अहिले त्यतिकै मायाँ गर्नुहुन्छ । विश्वास लिएकी छु अवका दिन यसैगरि वित्ने छ । म तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी दिदीलाई धेरै धेरै धन्यवाद भन्न चाहाँन्छु र मेरो जस्तो पिडा कसैलाई नपरोस् । यदि परेपनि नआत्तिकन न्यायको लागि लडि रहन सम्पुर्ण दिदीबहिनीलाई आग्रह गर्दछु ।
अनुभव सुनाउँदै हुनुहुन्थ्यो तामाकोशी गाउँपालिका नाम परिर्वतित सिता कार्की । साँच्चै उहाँ सिता जस्तै सतीशालि हुनुहुन्छ भने श्रीमान पनि विगतका सवै गल्ति कमजोरी सच्याउँदै आफ्नो श्रीमतीलाई धेरै मायाँ र खुशि दिने प्रयत्न गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, पहिला जति दुख दिएपनि अहिले धेरै मायाँ लाग्छ । पहिला बुद्धि विग्रियो दुख दिएँ, दुख पनि पाएँ । अव त्यस्तो गल्ति नहुनेमा विश्वास दिंदै हाँस्दै सुनाउँनु हुन्छ ।
तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी पनि विवाद मिलाएर सफल भएकोमा खुशिको अनुभुति गर्दै काम गर्दै जाँदा दुख मात्र हैन खुशि पनि मिल्ने रहेछ आफ्नो अनुभव सुनाउँनुहुन्छ । तामाकोशी गाउँपालिको न्यायिक समितिमा २०७४ देखि हाल सम्म ९३ वटा उजुरी दर्ता भएका थिए । जस्मा मिलापत्र मार्फत ८४ वटा उजुरी पालिकाले समधान गरेको छ । फैसला मार्फत एउटा र ८ वटा प्रक्रियामा रहेको जानकारी पालिकाको न्यायिक समितिले दिएको छ ।
गाउँघरमा अझैपनि घरेलु हिंसामा कमि आएको छैन । बाहिर आउँन नसकेका थुप्पै घटना रहेका छन् । सवै भन्दा बढि महिला, बालबालिका पिडित छन् । समाजमा भएका यस्ता खालका विवादले नराम्रो असर परिरहेको छ । सभ्य समाज र्निणमाणका लागि यस्ता खालका विवाद र हिंसा अन्त्य हुन जरुरी छ । जुनसुकै विवाद भएपनि महिला सवै भन्दा बढि पिडित छन् । ज्याला मजदुरी सम्वन्धि विवाद, घरेलु हिंसाका घटना, गाली वेइजति, जग्गा सम्वन्धि विवाद, छुवाछुत, मदिरा सेवन लागाएतका थुप्प्रै किसिमका विवाद हुने गर्दछन् । यस्ता खालका विवाद हुनै नदिन र यदि भैहाले पनि स्थानिय तहले समयमा नै समाधान र मेलमिलाप गराउँन सके ठुलो राहात हुने थियो ।

12 comments